नियम २६
बन्द इजलास सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ७९ को उपदफा (२) बमोजिम राष्ट्रिय सुरक्षा, सार्वजनिक सुव्यवस्था र पीडितको अधिकारको संरक्षण गर्नु पर्ने अवस्थामा बन्द इजलासमा मुद्दाको सुनुवाई गर्दा अभियुक्तको प्रतिरक्षा गर्न उपस्थित भएको प्राड अधिकृत, अभियुक्त, पीडित व्यक्ति एवं निजको संरक्षक तथा सैनिक अदालतले अनुमति दिएका व्यक्तिहरू वाहेक अन्य व्यक्तिहरू उपस्थित हुन सक्ने छैनन् ।
(२) उपनियम (१) बमोजिम बन्द इजलासमा सुनुवाई भएको विषयलाई फैसला हुनु भन्दा अगाडि कुनै किसिमले सार्वजनिक गर्नु हुँदैन ।
(२) उपनियम (१) बमोजिम बन्द इजलासमा सुनुवाई भएको विषयलाई फैसला हुनु भन्दा अगाडि कुनै किसिमले सार्वजनिक गर्नु हुँदैन ।